एक कक्षामा हुँदा देखेका सपनाहरु - Hiraaz Ensirc

म ती दिन सम्झिन्छु, जुन दिनहरुले मेरो मानसपटलमा खैला-बैला मच्चाई रहेको छन्। जुन दिनहरुमा म निलो पेन्ट्स्, हरियो सर्ट र साथमा फित्ते चप्पल प्याट्ट-प्याट्ट पार्दै देशको ठुलो मान्छे बन्ने र तारा जस्तै आफ्नो नाम संसार भरि चम्काउने लक्ष्य बोकेर कक्षा एकमा प्रवेश गरेको थिए म। 


मसंग ठुलो मान्छे बन्ने गन्तव्य त थियो तर ठुलो मान्छे के हो ? कसरि बन्ने ? कहाँ बन्ने ? के बन्ने ? यस्ता कुरा सायद मैले विचार गरिन हुँला। धेरै पढ्नु ठुलो मान्छे बन्नु भनेर सबैले भन्ने गर्थे। लाग्थ्यो पढेरै ठुलो मान्छे बनिएला। त्यसैले सानै देखि मेरो पुस्तक र शिक्षा प्रति मोह जाग्यो। पुस्तक हुन् या पत्रपत्रिका , साहित्य होस् या शास्त्र देखेपछी पढ्न मन लागीहाल्थ्यो। पढाई पर्तिको मोह र लगनशिलताले बिद्यार्थीकाल सहजै बित्यो। सधै प्रथम हुनु, अतिरिक्त क्रियाकलापमा सहभागी भई पुरुस्कृत हुनु सामान्य हुन थाले। 

यसरी नै दश वर्ष बिति सक्दा प्रवेशिका परिक्षामा उतिर्ण भएं। त्यसपछि कलेज पढ्ने दिन आए। सानै देखिका साथी भाइ बाटो देखाउने अग्रज गुरुहरु र त्यो ढुंगा र माटोले बनेको कहिँ भत्किएको कहिँ काठ नै भाँच्चिएर पुरै भात्किएला झैँ भएको बिद्यालयलाई छोड्दाको दुख त थियो नै र अर्को तिर कलेज पढ्न जाने औधी इच्छाले यी सबै कुरा मवाट खोसिदै थिए। जुन दिन मेरो बिद्यालय जीवन समाप्त भैसकेको थियो। अब मा चाहेर पनि ती दिन फर्काउन सक्दैन। 

म कक्षा एकमा हुदा देख्ने सपना अनुसार तथा मैले बिद्यालय जीवनमा सोचे अनुसार मेरो बिद्यालय जीवनको कल्पित सपना अनुसार लाग्थ्यो, म आज कुनै शितल वाटिकामा बसेर कबिता कोर्दै हुन्थे होला वा निजामती सेवामा प्रवेश गरेर देशको कुना कन्धरामा सेवा गर्दै हुन्थे होला वा राजनीतिक क्षेत्रमा होम्मिएर सामाजिक क्षेत्रमा अघि बढ्दै देशको सेवा गर्दै हुन्थे होला तर...।

No comments

Theme images by Jason Morrow. Powered by Blogger.